१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अरुणाञ्चलमा चरमपन्थी आक्रमण, विधायकसहित ११ जनाको मृत्यु



एजेन्सी ।
भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । आक्रमणमा नेशनल पिपुल्स पार्टी एनपिपी का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो । तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ ।

तिरोंग अबो परिवारसहित सुरक्षा व्यवस्थाको साथमा असमबाट अरुणाञ्चल जाँदै थिए । त्यहि क्रममा खोनसा–देओमाली सडकमा पहिले देखिनै कुरेर बसेका बन्दुकधारीले आक्रमण गरेका हुन् ।
ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  १२ : २७ बजे