भोजपुर ।
भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ ।
गस्तीमा रहेको सुरक्षाकर्मीमाथि नेकपा विप्लवका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार नै धरान लगिएको थियो ।
हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकाको भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसकेको र उनलाई समयमै अस्पताल र्पुयाउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनुभयो । बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको ज्यान गएको हो । उनको तिघ्रामा गोली लागेको बताइएको छ ।
८ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया