१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बालुवाटार जग्गा प्रकरणमा दोषी देखिए महासचिवलाई कारबाहीः नेता ज्ञवाली



दाङ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बालुवाटार जग्गाप्रकरणमा दोषी प्रमाणीत भए महासचिव बिष्णु पौडेललाई कारवाही गरिने बताउनुभएको छ ।
रिपोटर्स क्लव दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा नेता ज्ञवालीले बालुवाटारको जग्गा बिक्रि प्रकरणमा महासचिव पौडेलको नाम जोडिदा पार्टीको बदनाम भएको बताउँदै छानविनका क्रममा दोषी देखिए पार्टीबाट कारवाही गरिने बताउनुभयो ।
पूर्व एमालेका उपाध्यक्ष समेत रहनुभएका नेता ज्ञवालीले बर्तमान सरकारले नेपालको अर्थतन्त्रलाई पुजीपति दलालहरुको ईशारामा संचालन गरेको आरोप समेत लगाउनुभयो । पुजीपति दलालहरुले पंचायतकाल देखी नै अर्थतन्त्र कब्जा गरेको भन्दै अहिलेको कम्युनिष्ट सरकार समेत उनीहरुको मुठ्ठीबाट अलग हुन नसकेको बताउनुभयो ।
नेताहरुलाई पुजीपति दलालहरुले ब्रिफकेस बुझाएर प्रभावमा पारेको दावी गर्नुभयो । जनप्रतिनिधीले राम्रो काम नगरेका कारण पार्टी जनस्तरमा बदनाम हुँदै गएको भन्दै नेता ज्ञवालीले चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  ६ : ०६ बजे