१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अर्घाखाँची बस दुर्घटना अपडेटः घाइतेको नामावली सहित



बिष्णु कुमार आले, अर्घाखाँची । 

अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।  घाइते मध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपा देउराली मन्दिर दर्शन गरेर बुटवल तर्फ आउदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको भुवनपाटाको पूलमा दुर्घटना भएको हो ।

घाइते मध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ । बस पूलमाथी आउँदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएपनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् ।

पूल करिव सितखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ । चालक सिपालु र चनाखो भएर मात्र बाच्न सकियो नत्र सिधै खोलामा बस खसेर सदाको लागि संसारबाट बिदा हुने घाईते रूपन्देही बुटवल उपमहानगरपालिका १३ का कृष्ण बहादुर थापाले बताए । बुटवल मोतिपुरबाट सुपा देउराली दर्शनका लागि आएको थियो ।

घाइते हुनेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका १९ का १९ बर्षीय अमृता थारु, सोही ठाँउका १२ बर्षीय साझा थारू, २० बर्षीय सिल्फा थारू, ६० बर्षीय जनम तुलारी, रूपन्देही मोतिपुर १९ का ८ बर्षीय अजय थारू, रूपन्देही सैनामैना ९ का २२ बर्षीय प्रदिप कुँवर, रूपन्देही मोतिपुर १७ का ३८ बर्षीय तारा प्रसाद थारू, ३० बर्षीय मन्जु थारू र बुटवल उपमहानगरपालिका १३ का ३१ बर्षीय कृष्ण बहादुर थापालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ । अरुको प्राथमिक उपचार केन्द्र ठाडामा उपचार भैरहेको छ । केही भने घर फर्किसकेका छन् ।

Image may contain: one or more people, people standing, outdoor and nature

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  ९ : १६ बजे