१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु



धनकुटा ।
पौडी खेल्नेक्रममा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ वर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ वर्षीय अमिर मगर छन् ।

महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौरब दहमा डुबे । त्यसपछि उनलाई उद्धार गर्न खोज्दा अमिर पनि डुबेर बेपत्ता भए ।

घटनापछि दहबाट गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । यता दहमा डुबेर बेपत्ता भएका अमिरको शव आज मंगलबार बिहान खोलामा फेला परेको प्रहरी प्रमुख गुरुङले बताए ।

सोमबार साँझ घटनाको जानकारीपछि मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक गौरबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  २ : ४७ बजे