एजेन्सी ।
आतंककारी समूहविरुद्ध अफगानी सेनाले गरेको एक कारबाहीका क्रममा १२ जना तालिबान लडाकू मारिएका जनाइएको छ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ ।
कुन्जुद प्रान्त सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको जानकारी दिए ।
सैनिक कारबाहीका क्रममा १२ जनाको मृत्यु भएको पुष्टी भइसकेको र अरु एक दर्जनभन्दा बढी लडाकू घाइते भएको प्रवक्ता मुरादीले बताए ।
उक्त सैनिक कारबाहीमा सरकारी सेनातर्फ कुनै क्षति नभएको सकरारी पक्षको दाबी छ । कुन्दुज प्रान्तमा निकै सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन ।
प्रतिक्रिया