प्युठान ।
प्युठानका नौवटै स्थानीय तहमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्यसेवा कार्यक्रम लागू भएको छ । स्थानीय तहले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलार्ई घरमै पुगेर निःशुल्क शारीरिक परीक्षण तथा उपचार सेवा प्रदान गर्न थालेका हुन ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । उहाले भन्नुभयो, ‘सेवाको समन्वय जिल्लाका स्थानीय तहले गरेका छन् ।’ सेवाअन्तर्गत महिनामा कम्तीमा दुईपटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने उहाले बताउनुभयो ।
६ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया