१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बाँकेका दुर्गम गाउँमा सरुवा रोगको प्रकोप



नेपालगन्ज ।
बाँकेका अति दुर्गम गाउँमा सरुवा रोगको प्रकोप बढेको छ । झाडापखाला र कमलपित्त (जण्डिस)जस्तो रोगको प्रकोप फैलिए पनि उपचारका लागि औषधि र स्वास्थ्यकर्मीको अभाव छ ।
जिल्लाको खयरभट्टी, चुनभट्टी, महेशपुरलगायतका गाउँमा सरुवा रोगको प्रकोप देखिएको हो । महेशपुरकी स्थानीय मिना बुढाले गाउँमा फैलिएको सरुवा रोगका कारण स्थानी आक्रान्त बनेको बताइन् । रोगको प्रकोप बढ्दै गएपनि गाउँमा भएको एउटा स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नभएको बुढाले सुनाउनुभयो ।
आफ्ना १० वर्षीया छोरा पनि कमलपित्त (जण्डिस)बाट ग्रसित रहे पनि उपचारका लागि गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बुढाले बताउनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  ७ : २४ बजे