१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

केलियन एम्बाप्पेले पीएसजी छोड्ने संकेत



एजेन्सी ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन ९पीएसजी०का युवा सुपरस्टार केलियन एम्बाप्पेले क्लब छाड्ने संकेत गरेका छन् ।

विश्व विजेता फ्रान्सेली टोलीका महत्वपूर्ण सदस्य एम्बाप्पेले लिग वानको उत्कृष्ट खेलाडी अवार्ड ग्रहण गर्ने क्रममा दिएको अभिव्यक्तिले युरोपेली फुटबल तरंगित बनेको छ ।

उनले भनेका छन्, ‘पक्कै पनि धेरै निराशाका क्षणहरु यस सिजन बिताउनुपर्यो, तर यो फुटबलको एउटा भाग हो । यो मेरा लागि सबैभन्दा महत्वपूर्ण क्षण बनिरहेको छ । म यस्तो अवस्थामा पुगेको छु कि सम्भवतः मेरो जीवनमा पहिलो वा दोस्रो निर्णायक क्षण आएको छ ।’

‘मैले यहाँ धेरै सिकेँ, मैले सोच्न थालेको छु कि अब अधिक जिम्मेवार हुनुपर्छ,’ आफ्नो क्लब पीएसजीप्रति अनुग्रहित हुँदै एम्बाप्पेले भने, ‘पीएसजीले मलाई ठूलो जिम्मेवारी दिनेछ वा अन्य नयाँ यात्राको सम्भावना पनि छ ।’

पीएसजीका प्रशिक्षक थोमस टचेल, एम्बाप्पेको यो अभिव्यक्तिबाट अचम्मित छन् । सन् २०१६ मा लोनमा पीएसजीमा अनुबन्ध भएका एम्बाप्पेले सन् २०१७ मा १६६ मिलियन युरोको सम्झौता गरेका थिए ।

एम्बाप्पेले विश्वकप जितिसकेका छन् । फ्रान्सेली टोलीबाट च्याम्पियन्स लिगको सम्भावना कमजोर देखेपछि उनी च्याम्पियन्स लिग जित्न योग्य टोलीमा आँखा लाइरहेका छन् । सायद त्यो सान्टियागो बर्नबाउ पनि हुनसक्छ ।

आइतबार राति आयोजित समारोहमा एम्बाप्पेले लिग वानको उत्कृष्ट खेलाडीसहित लगातार तेस्रोपटक युवा खेलाडीको अवार्ड पनि जितेका छन् । युनियन नेशनल डी फुटबलर्स प्रोफेसनल्सले यो अवार्ड आयोजना गरेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  १२ : २० बजे