काठमाण्डौ ।
इटली लैजाने प्रलोभन देखाउँदै अवैध मार्गबाट युद्धग्रस्त देश लिविया पुर्याइएका १५ जना नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।
डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई दूतावासको पहलमा उद्धार गरेर अन्तर्राष्ट्रिय श्रम संगठन आइओएम मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली एजेण्टहरुबाटै गएका उनीहरुलाई एजेण्टले लिवियामा पुर्याएपछि अलपत्र पारेर छाडेको थियो ।
पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीको उद्दार गरेर अन्तर्राष्ट्रिय श्रम संगठन आइओएम राखिएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, सबै कामदारलाई नेपाल फर्कने हवाई टिकट समेत शरण दिइरहेको आइओएमले नै मिलाईदिने व्यवस्था गरेको छ ।
एक साताअघि पनि दूतावासले सात जनालाई लिवियाबाटक्ष उद्धार गरेर नेपाल पठाएको थियो ।
प्रतिक्रिया