एजेन्सी ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल बेटिससँग २–० ले पराजित भएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा भ्रमण टोली रियल बेटिसले दोस्रो हाफमा दुई गोल गरेको हो । उसका लागि ६१ औँ मिनेटमा लोरोन मोरोन तथा ७५ औँ मिनेटमा जेसी रोड्रिग्वेज रुइजले गोल गरेका हुन् ।
रियल मड्रिड छोड्ने तयारीमा रहेको भनेर खबर आइरहेका बेला ग्यारेथ बेल यो खेलमा बेन्चमै रहे । उनी सन् २०१३ मा कीर्तिमानी मूल्यमा रियल मड्रिड गएका थिए ।
यो सिजन रियल मड्रिड पछिल्लो १८ वर्ष यताकै खराबर अवस्थामा देखियो लिगमा । उसले ६८ अंकसहित तेस्रो स्थानमा रहेर लिग टुंग्यायो । यो सन् २००१–०२ यताकै सबै भन्दा खराब हो ।
रियल मड्रिड दोस्रो स्थानको अर्थात लिग उपविजेता एथ्लेटिको मड्रिड भन्दा ८ तथा लिग विजेता बार्सिलोना भन्दा १९ अंकले पछि रह्यो ।
प्रतिक्रिया