मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकालाई प्लाष्टिकमुक्त नगर बनाइने भएको छ । आइतबार सम्पन्न नगर कार्यपालिकाको वैठकले भदौ १ गतेबाट नगरमा प्लाष्टिक निषेध गर्ने निणर्य गरेको हो । साथै बैठकले आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश, संघ र तराई समृद्ध कार्यक्रम अन्तगर समपूरकको योजना छनोट गरेको वाणगंगा नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । यसका साथै वैठकले शिक्षाको कार्यविधि स्विकृत गरेको छ । यस संगै अव नगरमा शिक्षकको दरबन्दी र करार शिक्षकको नियुक्ती गर्नेबाटो खुलेको छ ।
२०७५÷७६ मा संचालन भएका योजना जेठ भित्रै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ । बैठक मेयर मंगलप्रसाद थारुको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।
वैठकमा उपमेयर चक्र अर्याल, वाणगंगा नगर शिक्षा अधिकारी बाबुराम भट्टराई, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विषयगत शाखा प्रमुखको सहभागिता रहेको थियो ।
५ जेष्ठ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया