१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

आफ्नो निर्वाचन क्षेत्रमा पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?



गुल्मी ।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्वाचित भएपछिको पछिल्लो एक वर्षमा विकासको लागि जग बसिसकेको बताउनुभएको छ ।
आइतबार गुल्मीदरबार गाउँपालिका– ७ र ३ जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले एक वर्षमा विकासको जग बसिसकेकोले अब विकास निर्माणले तीव्रता पाउने बताउनुभएको हो ।
उहो अब उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुन्द्री माध्यमबाट समेत अन्य देशसँग पनि जोडिन सकिने बताउनुभयो । मन्त्री ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने उल्लेख गर्नुभयोे ।
रेसुङ्गा विमानस्थलको कालोपत्रे, सालझण्डी खर्ज्याङ्ग ढोरपाटन फास्टट्रयाक गुल्मीका विभिन्न विद्यालयमा प्राविधिक शिक्षाको सुरुआत, खानेपानी समस्या ग्रामीण सडकको कालोपत्रे लगायतका विकास निर्माणका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको उहाले बताउनुभयो ।
गुल्मी जिल्ला क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको ३० लाख र गाउँपालिकाको ५ लाख गरी कुल ३० लाखमा सम्पन्न भएको सडकको लम्बाई कुल ५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  १० : ५९ बजे