१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमिका तीन वडाबाट अनलाइन मार्फत सम्पत्ति कर र राजश्व दस्तुर काट्न सुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अनलाइन प्रविधि मार्फत सम्पत्ति कर र राजश्व दस्तुर काट्न सुरु गरेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै आएको बुद्धभूमि नगरपालिकाले राजश्व चुहावट नियन्त्रण संगै जनतालाई पार्रदर्शी बनाउनका लागि वडाबाट पनि अनलाइन प्रविधिको प्रयोग गर्न थालेको हो ।
नगरको वडा नं. १, वडा नं. २ र वडा नं. ३ मा आज एक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले अनलाइन प्रविधिको औपचारिक सुरुवात भएको घोषणा गर्नुभयो ।
अनलाइन प्रविधिको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले सूचना प्रविधि प्रयोगले राजश्व चुहावट कम हुने विश्वास व्यक्त गर्नुभयो । जनताले आधुनिक समय अनुसार अनलाइन मार्फत आफूले बुझाउने राजश्वका दरहरू मोबाइल एप्लिकेशन मार्फत जानकारी पाउने भन्दै प्रविधिको उच्चतम प्रयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।
अनलाइनको प्रयोगले नगरका हरेक कुराहरू मोबाइल एप्पबाट हेर्न सक्ने व्यवस्था मिलाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले सूचना प्रविधिको प्रयोगले नगरको मुहार फेरिएको बताउनुभयो । आज देखि सुरुवात भएको अनलाइन प्रविधि मार्फत सम्पत्तिकर तथा राजश्व असुल गर्दा चुहावट कम हुने तथा बढी पारदर्शिता हुने बताउनुभयो ।
नगरपालिकाबाट प्रवाह हुने सबै सेवा अनलाइन प्रविधिबाट भएपनि आज देखि तीन ओटा वडामा पनि प्रविधिको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत पाध्याले बताउनुभयो । बाकी वडामा पनि प्रविधिको प्रयोग गर्ने योजना रहेको उहाँको भनाई छ ।
वडाबाट सुरु भएको अनलाइन प्रविधिको पहिलो करदाता वडा नं. १ बोधराज भुसाल, वडा नं. २ पुरेनाका केशव अधिकारी र बुद्धभूमि न.पा. वडा नं. २ बकडरियाका फेरू थारू बन्नुभएको नगरपालिकाका कम्प्यूटर अपरेटर रविन चौधरीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ७ : २५ बजे