मायादेवी अनलाइन, तौलिहवा ।
लुम्बिनीबाट बेबी बुद्धलाई कपिलवस्तुको तिलौराकोट ल्याइएको छ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेल, प्रदेशका अन्य मन्त्री, स्थानीय सरकारका प्रमुख, भिआइपी पाहुना सहितको रथयात्राबाट बेबी बुद्धलाई तिलौराकोट ल्याइएको हो । लुम्बिनीबाट तिलौराकोट आउँदा तौलिहवाबासीले भव्य स्वागत गरेका थिए । अहिले तिलौराकोटमा भव्य कार्यक्रम भैरहेको छ ।
मायादेवी प्रसुति उत्सव नाम दिइएर बेबी बुद्धलाई तिलौराकोटमा ल्याइएको हो । भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिए पछि तिलौराकोट घरमा राजा शुद्धोधनले मायादेवीलाई यस्तै उत्सव गरेर ल्याएका थिए । मायादेवी माइतीघर देवदह जादा बुद्ध लुम्बिनीमा जन्मिएका थिए । शनिबार २५६३ औं बुद्धजयन्ति भवय रुपमा मनाई लगत्तै आज आइतबार बेबी बुद्धलाई तिलौराकोटमा ल्याइएको हो । विगतका बर्षहरुमा केन्द्रिय सरकार र लुम्बिनी विकास कोषले कार्यक्रम गर्दै आएपनि यस बर्ष प्रदेश सरकारले गरेको छ ।
शनिबार देखि प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्षको औपचारिक घोषणा गरिसकेको छ । यो अभियानको लुम्बिनीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुवात गर्नुभएको हो ।
प्रतिक्रिया