१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बुद्ध जन्मिएको सम्झनामा ‘प्रसुति उत्सव’, तिलौराकोट झकिझकाउ



मायादेवी अनलाइन, तौलिहवा ।
सिद्धार्थ गौतम बुद्ध जन्मिएको सम्झनामा प्रसुती उत्सव गरिदै छ । आजभन्दा २५६३ वर्षअघिको बुद्ध जन्मिएको दिनको सम्झनामा लुम्बिनीदेखि तिलौराकोट सम्म प्रसुति उत्सव गर्न लागिएको हो ।
प्रसुति उत्सवका लागि कपिलवस्तुको तिलौराकोटबाट लुम्बिनी एक विशेष टोली पुगेकोछ । बुद्धपूर्णिमाको भोलिपल्टको यो उत्सव मनाउन तिलौराकोटबाट एक टोली लुम्बिनी आएर राजा शुद्धोधन र मायादेवीका सन्तानलाई तिलौराकोट दरबार लगेजसरी नै दरबार लग्नेछन् ।
तिलौराकोटबाट राजा शुद्धोधनको भेषमा सजिएका एक पुरुषसहितको एउटा टोली सुत्केरी मायादेवीलाई लिन उपहार लिएर रुपन्देहीको लुम्बिनी आउने छ । दुवै टोलीको भेट कोठी नदीमा हुने छ । त्यहाँबाट संयुक्त टोली हर्षबढाई गर्दै तिलौराकोट दरबार पुग्नेछ ।
आइतबार साँझ तिलौराकोट दरबारमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा नाचगानसहित साँस्कृतिक कार्यक्रम गरि प्रसुति उत्सव समापन हुने कार्यक्रम संञ्चालन समिति उपसमितिका सदस्य सचिव डिलाराम पौडेलले बताए ।
मुख्यमन्त्री सहित बेवी बुद्धलाई तिलौराकोट भित्त्राइने भएपछि तिलौराकोट झकिझकाउ पारिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  १० : २० बजे