गुल्मी ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड बन्द भएको छ । जिल्लाको रेसुंगा नगरपालिका–४ स्थित छल्दी पनाह पुलनजिकै कालोपत्रे गर्न भन्दै शुक्रबार रातिदेखि ६ दिनका लागि बन्द गरिएको मदन भण्डारी राजमार्ग कार्यालयले जनाएको छ ।
राजमार्गको तम्घास सिमलटारी प्युठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारीसाधनलाई पूर्णरूपमा बन्द गरिएको हो । सडक बन्दको समयसम्मका लागि तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सीमाघाट वस्तु हुलाके सडक प्रयोग गर्न राजमार्ग कार्यालयले आग्रह गरेको छ ।
बाटो बन्द भएसँगै सदरमुकामबाट पश्चितर्फ आउने जाने दर्जनौँ धेरै सडकहरू प्रभावित भएका छन्। राजमार्ग बन्द भएसँगै सयौँ सवारीसाधन तथा यात्रु मारमा परेका छन् ।
बाटो बन्द हुँदा अन्य स्थानबाट वैकल्पिक बाटो प्रयोग गरेर यात्रा गर्दा लामो दूरी यात्रा गर्नु भएपछि बढी भाडा तिनुपर्ने र ठूला सवारीसाधनलाई जोखिमपूर्ण यात्रा गर्नु अवस्था सिर्जना भएको छ । राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको छ । तम्घास सिमलटारी प्युठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।
५ जेष्ठ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया