एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु उपाधिमा ह्याट्रिक गरेको छ । काराबाओ कप अर्थात लिग कप र प्रिमियर लिगको उपाधि जितेको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा वाट्फोर्डमाथि शानदार जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि जितेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिसस र रहिम स्ट्रर्लिङ्गले दुई–दुई तथा डेविड सिल्भा र केविन डी ब्राउनले एक–एक गोल गरे ।
सिटीले ११६ वर्षपछि एफए कपमा सबैभन्दा फराकिलो जित निकालेको हो । सन् १९०३ मा एफए कप फाइनलमा बरीले डर्बीलाई ६–० ले हराएको हो ।
प्रतिक्रिया