१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

यातायात क्षेत्रलाई पर्यटक मैत्री सेवाका रुपमा बिकास गर्नुपर्छः  मुख्यमन्त्री पोख्रेल



बुटवल ।
लुम्बिनी भ्रमण बर्ष २०७६ शुभारम्भसंगै बुटवलबाट सुविधा सम्पन्न सार्बजनिक गाडी उद्घाटन गरिएको छ । एसी र वाइफाइ जडीत १० वटा अपांगमैत्री बसको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको सिद्धबाबाबाट शुभारम्भ गरेका हुन् । ५२ सिटको क्षमताका छन् भने सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ ।
सो अवसरमा बोल्दै पोखरेलले यातायात क्षेत्र पर्यटक मैत्री सेवाका रुपमा बिकास गर्न जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नया बसका कारण लुम्बिनी आउने पर्यटकलाइ थप सहज बिश्वास समेत ब्यक्त गरे ।
बसको रिबन काटेसंगै मुख्यमन्त्री दम्पत्ती सहित प्रदेशका सांसदहरु सोहि बसमा चढेर लुम्बिनी गएका हुन् ।
बुटवल–बेलहिया छ लेनको सडक विस्तार भएसंगै सुविधा सम्पन्न सार्वजनिक गरिएको हो ।गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने संरक्षक संस्था भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनूकुलित एसी बसहरु संचालनमा ल्याएको हो ।
ती गाडी बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार,बर्दघाट रूटमा गुड्ने शुरु गरेका छन् । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नया गाडीहरूले सेवा दिनेछन् ।
बुटवल भैरहवामा हिड्ने यात्रुपनि अबदेअि सहज यात्रा गर्न पाउनेछन्, माइक्रोमा कोचाकोच हुनुपर्ने अबस्थाको अन्त्य हुनेछ’ अध्यक्ष पोखरेलले भने । १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनीले गाडी संचालनमा ल्याएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६ शनिबार ००:००  ६ : १३ बजे