१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मध्य र पूर्वी पहाडी क्षेत्रमा साँझपख पानी पर्ने सम्भावना



काठमाडौं ।

पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ ।

यस्तै अहिले सफा रहेको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६ शनिबार ००:००  ९ : ४६ बजे