मायादेवी अनलाइन, तौलिहवा ।
कुनै भिआईपी पाहुना सवार हुने भएपछि रातारात विकास भएका उदाहरण देशमा थु्रपै छन् । अघि पछि कुम्भकर्ण झै सुत्ने तर, इज्जत जोगाउने हिसाबले भिआईपी पाहुनालाई देखाउनकै लागि विकासको लहर रातारात हुने विषय नेपाली समाजमा नौलो छैन । कपिलवस्तुमा पनि यस्तै नियति देख्नुपरेको छ । बुद्धले २९ बर्ष विताएको तिलौराकोट लगायतका दर्जन बढी बुद्धस्थलको संरक्षण गर्ने दायित्व लुम्बिनी विकास कोषले लिएको छ । तर, लुम्बिनी विकास कोष कपिलवस्तुमा अनुदार हुँदै आएको छ । बर्षौ देखि कपिलवस्तुबासीले यो विषयलाई जोडतोडले उठाउँदै आएका छन् । यति सम्मकी तिलौराकोट लगायतका बुद्धस्थलको विकासका लागि छुट्टै कोषको स्थापना हुनुपर्छ भन्दै सदन देखि सडक सम्म यो विषय उठेको छ ।
अहिले देशभर २५६३ औँ बुद्ध जयन्तीको रौनक छ । यहि रौनकमा तिलौराकोटले न्याय पाएको छ । विगतका बर्षमा लुम्बिनीमा तामझामले बुद्धजयन्ती मनाई रहदा कपिलवस्तु सुनसान जस्तै बन्ने गरेपनि यस बर्ष भने अचम्मले विकास देख्न पाइएको छ । जब प्रधानमन्त्री केपि शर्मा ओली तिलौराकोटको भ्रमण गर्ने कार्यसूचि बन्यो तब तिलौराकोटको विकासले तीव्रता पायो । फेरी रातारात तिलौराकोटको मुहारै फेरिएको भने होइन । तरपनि, सामान्य सरसफाई, रंगरोगनले पनि जादुको छडि देखिएको छ ।
प्रधानमन्त्री आउने भने पछि तिलौराकोट प्रस्थान गर्ने बाटोको हरिविजोग पुर्ने काम भएको छ । तिलौराकोट परिषरमा गमलामा फूल रोपिएको छ । भित्री काठको बाटो चिलियो पारिएको छ । वरीपरिको झाँडी जादुको झडी जसरी फालिएको छ । समग्रमा अहिले तिलौराकोटको मुहार फेरिएको छ ।
प्रधानमन्त्री आउदा मात्र नभई अघि-पछि पर्यटक आउदा पनि यस्तो विकास गर्न सकिए पनि अहिले मात्र गर्दा जिल्लाबासी अचम्मित परे । प्रधानमन्त्रीको स्वागतमा खटिएका जिल्लाका सरोकारवालाले अघिपछि किन यस्तो हुन सक्दैन भनेर प्रश्न गरे ।
हेर्नुहोस रातारातको विकास
प्रतिक्रिया