१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

तिलौराकोटमा प्रधानमन्त्री ओली, झण्डै आधा घण्टा हिडेरै गरे अवलोकन !



मायादेवी अनलाइन, वाणगंगा ।
प्रधानमन्त्री केपि शर्मा ओलीले तिलौराकोटको असाधारण विकास हुने बताउनुभएको छ । तिलौराकोट ऐतिहासिक भूमि रहेकोले यसको विकास गर्नुको कुनै विकल्प नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । शुक्रबार साँझ तिलौराकोटको भ्रमणमा आउनुभएका प्रधानमन्त्री ओलीले पत्रकार संग संक्षिप्त कुराकानी गर्दै यस्तो बताउनुभएको हो । उहाँले तिरौकोटका बाटाघाटाको पनि चाडै विकास हुने बताउनुभयो । तिलौराकोटलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ओलीले झण्डै आधा घण्टा हिडेरै तिलौराकोटको अवलोकन गर्नुभएको छ । भगवान गौतम बुद्धले २९ बर्ष विताएको भूमि भएपनि तिलौराकोटको विकास कछुवा गतिमा अगाडी छ । तर, शुक्रबार प्रधानमन्त्रीले निकै चासो पूर्वक तिलौराकोटको अवलोकन गरेपछि जिल्लाबासीमा खुसीको सञ्चय गराएको छ । प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्षले तिलौराकोटको बारेमा जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री अपराह्न ४ बजे आउने कार्यक्रम भएपनि हावाहुरीको कारण साढे ६ बजे तिर आउनुभएको हो । प्रतिकुल मौसमका बाबजुट पनि प्रधानमन्त्री तिलौराकोट आएर अवलोकन गर्नुभएकोमा जिल्लाबासी खुसी भएका छन् ।
प्रधानमन्त्री ओली संगै उहाँकी धर्मपत्नी राधिका शाक्य, नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल, संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल लगायतका विशिष्ट पाउनाले तिलौराकोटको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६ शुक्रबार ००:००  ९ : २६ बजे