मायादेवी अनलाइन, वाणगंगा ।
प्रधानमन्त्री केपि शर्मा ओली शुक्रबार कपिलवस्तु भ्रमणको लागि आउनुहुने भएको छ । २५६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको पूर्वसन्ध्यामा बुद्धस्थलको भ्रमणका लागि प्रधानमन्त्री ओली कपिलवस्तु आउन लाग्नुभएको हो । शनिबार लुम्बिनीमा बुद्धपूर्णिको अवसरमा वृहत कार्यक्रम हुँदै छ ।
लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बुद्धपूर्णिमा मनाउन अघिल्लो दिन नै बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्ने यस अघि नै जनाएको थियो । शुक्रबार दिउँसो प्रधानमन्त्री ओली लुम्बिनी आएर कपिलवस्तुस्थित शुद्धोधनको दरबार रहेको तिलौराकोट र अन्य बुद्धस्थलको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार नै बेलुका मायादेवी मन्दिरअघिल्तिर बसेर बुद्ध पूर्णिमा प्रार्थना र ध्यान गर्नुहुने छ । त्यसपछि उहाले अर्कोदिन बिहान बुद्ध पूजा र शान्ति ¥यालीमा सहभागी हुनुहुने छ । भिक्षुलाई चिवर दान दिने कार्यक्रम पनि रहेको छ । यस्तै लुम्बिनीमा दुई हजार ६४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गनुहुनेछ ।
३ जेष्ठ २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया