१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अर्घाखाँचीको खिल्जी दुरवांगमा पहिलो पटक बस पुग्यो, स्थानीयमा छायो खुसीयाली



अर्घाखाँची ।
अर्घाखाँचीको खिल्जी दुरवांगमा पहिलो पटक बस पुगेपछि स्थानीहरु उत्साही भएका छन् । दुरवांगमा बस पुगेपछि अर्घाखाँचीको भुमिकास्थानको खिल्जी, असुरकोटसँगै छिमेकी प्युठानको ऐरावती गाँउपालिका दांगबागका स्थानीयहरु पनि खुसी छन् ।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले औपचारिक रुपमा बस सेवाको उद्घाटन गर्नुभएको हो । नगरकै विकट स्थान भनेर चिनिने दुरवांगमा स्थानीयको चाहना अनुसार मोटरबाटो खन्ने काम सकेर बस सेवा सञ्चालन गरिएको नगर उपप्रमुख खडानन्द बेल्वासेले बताउनुभयो ।
दैनिक रुपमा एक बस आवतजावत गर्ने गरि पश्चिम नेपाल बस व्यवसायी समितिले बस सेवा सञ्चालन गर्ने पश्चिम नेपाल बस व्यवसायी समितिका अर्घाखाँची रुट इन्चार्ज रामबहादुर बस्नेतले बताउनुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६ बिहिबार ००:००  ९ : २६ बजे