मनिष गुप्ता, कपिलवस्तु ।
जबरजस्तीकरणीको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ । जिल्ला सिद्धार्थनगर थाना उस्का बजार पोष्ट सोहास बजार बस्ने शम्भु प्रजापती लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रजापतिले बिभिन्न बहाना तथा ललाई फकाई गरि मुम्बई घर बताउने १५ बर्षकी किशोरीलाई काम लगाईदिने बाहानामा भारतबाट कृष्णनगरको एक होटलमा लगि जबरजस्तीकरणी गरेको सोधपुछको क्रममा खुल्न आएको इलाका प्रहरी कार्यलयका निमित्त प्रमुख मान बहादुर बिशकर्माले जानकारी दिनुभयो ।
साहारा कोहि नभएकी चेलीलाई राम्रो काम लगाइदिने र बहिनी सरह बनाएर राख्ने बहानामा होटलमा ल्याई जबरजस्तीकरणी गरेपछि किशोरीले प्रतिकार गर्दा घटना बाहिर आएको थियो । स्थानीय ब्याक्ति आफन्त नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी कानुनी प्रकृया अगाडी बढेको केआइ नेपालका संयोजक केश्वर बिश्वकर्माले जानकारी दिनुभयो ।
पिडीत किशोरीको बास्तबिक ठेगाना समेत थाहा नभएको र आफन्त समेत पत्ता नलागेको हुँदा हाल नेपालको संरक्षणमा राखिएको संयोजक विश्वकर्माले जानकारी दिनु भयो ।
प्रतिक्रिया