सुर्खेत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयता कार्यान्वयनमा सरकार सफल हुन नसकेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको जनजागरण अभियानलाई सम्बोधन गर्न सुर्खेत आएका थापाले वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यकर्ता भेटघाटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको विरोधी भएको बताएका हुन्।
उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए। ‘नेपालको इतिहासमा यो सर्वा्धिक बलियो सरकार हो’ नेता थापाले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हुन्। हामीसँग पटक–पटक छलफलमा भन्नुभएको छ, नेपालमा संघीयता चल्दैन यो हुँदैहुँदैन भनेर।’
नेपालमा संघीयता चल्दैन भन्ने हक चित्रबहादुर केसीलाई भए पनि प्रधानमन्त्रीलाई आफ्नो जिम्मेवारी र अन्य धेरै कुराले त्यस्तो हक नभएको बताए।
स्थानीय सरकारलाई अधिकारविहीन बनाइएको भन्दै उनले केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको थापाको टिप्पणी गरे।
थापाले प्रधानमन्त्रीले संघीय संसदमा प्रतिपक्षीलाई हेपेको आरोप लगाए। नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको थापाले टिप्पणी गरे।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया