बुटवल ।
आज देखि प्रदेश ५ को बजेट अधिवेशन सुरु भएको छ । प्रदेशसभा भवन बुटवलमा बसेको बैठकमा सभामुख पूर्ण बहादुर घतीले प्रदेश प्रमुख उमाकान्त झाबाट बजेट अधिवन आह्वान सम्वन्धि पत्र पढेर सुनाउनुभयो ।
बैठकमा कृष्ण ध्वज खड्का, डिल्ली बहादुर चौधरी, सहस्रराम यादव, कल्पना पान्डे र तारा जिसीले धारण राख्दै प्रदेश बलियो हुनेगरी कार्य गर्नु पर्ने धारण राखे । बजेट निमार्ण गर्दा स्थानीय आवस्यकतालाई प्राथमिकता दिन आग्रह गरे । अर्को बैठक जेष्ठ ९ गते बस्नेछ ।
प्रतिक्रिया