एजेन्सी ।
भारत प्रशासित जम्मू–कश्मिरको पुलवामामा बिहीबार भएको झडपमा तीन बिद्रोहीसहित पाँचजनाको ज्यान गएको छ । पुलवामा जिल्लाको डालिपोरा क्षेत्रमा बिद्रोही विरुद्ध सुरक्षाकर्मीले चलाएको कारवाही अभियानको क्रममा बिहीबार तीन बिद्रोही लडाकु तथा एक सुरक्षाकर्मी र एक सर्वसाधारणको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।
सुरक्षाकर्मीलाई देखेपछि डालिपोरा क्षेत्रमा लुकेका लडाकुले गोली चलाएको र आफूहरुले जवाफी कारवाही गरेको सुरक्षा स्रोतको दाबी छ । बिहीबार बिहान पौने चार बजेतिर भिडन्त भएको हो । गएको फेब्रुअरीमा पुलावामामा सीमा सुरक्षा बललाई लक्षित गरि भएको आक्रमण यता सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया