सर्लाही ।
प्रहरीले २ सय १० किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिकाको २ अलग–अलग स्थानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
लालबन्दी नगरपालिका–९ मा बेवारिसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको एक जिपबाट १ सय ५० किलो र एउटा घरमा लुकाएर राखेको अवमा ६० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लालबन्दी–६ स्थित संगम लामाको घरमा लुकाएर राखिएको अवस्थामा ६० किलो गाँजा बरामद गरिएको हो । प्रहरीले गाँजा तस्करीमा संलग्न रहेको भन्दै लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्साको वीरगन्ज महानगरपालिका–१८ घर भएका १८ वर्षीया सिधु सिंहलाई पक्राउ गरेको छ ।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया