सलिम अन्सारी, प्युठान ।
ट्रयाक खुलेको दुई दशकमा पनि सडक बनेको छैन् । झिमरुक गाउँपालिकाको कुटिचौर, कुताखोला, हिड्डाडां, तुषारा, लिवाङ, रजवारा हुँदै बाग्लुङको ढोरपाटनसम्म जोड्ने ३५ किमी सडक प्रदेश स्तरिय योजनाको सडक हो । साविक तुषारा गाविसले खनेको ११ किमि ट्रयाक २१ बर्ष भइसक्दा पनि निर्माण पूरा भएको छैन् ।
नेताहरुले चुनाबका बेला यो सडकमा बजेट पार्ने आश्वासन दिए पनि चुनाबपछि वेवास्ता गर्दा योजना पूरा हुन नसकेको स्थानीयको आरोप छ । ‘यतिका वर्ष बिते अहिलेसम्म जस्ताको त्यस्तै छ, खै कहिले पूरा होला र यो सडक ?’ झिमरुक ७ हिड्डाडाँका कृष्ण पोख्रेलले भन्नुभयो ।’ सडक अलपत्र हुँदा हामी निराश छौ’ यो सडक निर्माण पूरा भए यस भेगको स्थानीय उत्पादन र पर्यटकियस्थल स्नाथान, दियाल्ना खेल मैदान, झाक्री, ढुंगा जस्ता स्थलहरुको समेत प्रबद्र्धधनमा टेवा पुग्ने उहाले बताउनुभयो ।’ नेताले चुनाबी नारा बनाए काम केही भएन’ पोखरेलले भन्नुभयो ।
प्युठानको उत्तरपुर्वी भेगका वासिन्दाको आर्थिक सम्बृद्धिमा मेरुडण्ड मानिएको यो सडकले जिल्लाका चार गाविसका स्थानियलाई जोड्छ । स्थानीय सरकार आइसकेकोले अब भने विकास हुनेमा आफू आशावादी रहेको गाउँलेहरुको भनाई छ । तर स्थानीय सरकारले भने यो सडक प्रदेश स्तरिय सडक भएकोले स्थानीय सरकारलाई काम गर्ने अधिकार नभएको बताएको छ ।’सरोकारवालालाई झक्झकाईरहेका छौँ’ झिमरुक गाउपालिका अध्यक्ष तिलक जिसिले भन्नुभयो,’काम छिटो हुनुपर्छ ।’
सडक डिभिजन कार्यालय प्युठानका प्रमुख ध्रुव श्रेष्ठले यो सडक निर्माणका लागि २ करोड ५९ लाख बिनियोजन भएको बताउनुभयो । यश मध्ये ९२ लाख रकमले २५ सय मिटर लम्बाईको सडक चौडा गरिएको उहाले जानकारी दिनुभयो। ठेकेदारले म्याद सिद्धिएको भनेर काम गर्न आलटाल गरेको सुनिन्छ, उहाले भन्नुभयो बाकी बजेट १ करोड ६७ लाख भर्खरै आएको छ,अब काम सुरु हुन्छ उहाले भन्नुभयो,’ ’९२ लाख भुक्तानी भैसकेको छ।’
कुटिचौर हितडाडा जोड्ने सडकका लागी जिल्ला पुर्वाधारले ५० लाख बजेट बिनियोजन गरेको छ । जिल्ला प्राबिधिक प्रमुख सुरेन्द्र घिमिरेले मजमन्ता जेबि ज्वैन्ट भेन्चर फर्म संग काम गर्ने सम्झौता गरिएको बताउनुभयो ।
झिमरुक गाउँपालिकाले २० लाख रुपैया बिनियोजन गरी लिबाङ जोड्ने बाटोको काम गरिरहेको बताएको छ । दियाल्नाचौर जोडिन ३ सय मिटर मात्र बाँकी रहेको गाउपालिकाले बताएको हो ।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया