मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोठ भत्किदा २ लाख ५० हजार बराबरको क्षती भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित बड्की खैराटी निवासी किशोर खरविन्दको गोठ भत्किएको हो । एक्कासी गोठ भत्किदा गोठमा रहेको एउटा ब्याउने भैसी मरेको छ भने अर्को भैसीलाई चोट लागेको छ । खपडाले बनेको गोठ मंगलबार राती एक्कासी भत्कीएको हो ।
गोठ रातीको समयमा भत्किएकाले मानविय क्षती भने हुन नपाएको बताईएको छ । खरविन्द परिवारको जिविकोपार्जनको एक मात्र माध्यमको रुपमा रहेको भैसी मरेपछि उक्त परिवार चिन्तित बनेका छन् । घटनाको प्रहरीले पनि निरिक्षण गरेको छ ।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया