नेदरल्याण्ड ।
अजाक्सले डच लिगको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा डी ग्राफ्स्चेपलाई ४–१ ले पराजित गर्दै अजाक्स घरेलु लिग डच एरिडिभिजीको उपाधि विजेता बनेको हो ।
सन् २०१४ पछि अजाक्सले पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो । अजाक्सको जितमा ताडिकले दुई गोल गरेका थिए।
हिजोको खेलमा अजाक्सले खेलको ३७ औं मिनेटमा अग्रता लिएको थियो। स्चोनीले सो गोल गरेका थिए । सो अग्रतालाई डी ग्राफ्स्चेपले खेलको ४० औं मिनेटमा एल जिब्लीको गोलमा बराबरी र्गयो। सो बराबरीको नतिजा खेलको ४४ औं मिनेटमा ताग्लिएफिकोले गोल गर्दै तोडे र पहिलो हाफ २-१ को अजाक्सको पक्षमा रह्यो ।
त्यसपछो खेलको दोश्रो हाफमा पनि अजाक्सले २ गोल र्गयो र म्याच ४-१ ले जित्दै उपाधिमाथि कब्जा जमायो ।
अजाक्सका लागि ती गोल ताडिकले खेलको ६७ र ८७ औँ मिनेटमा गरे । अजाक्सले यस सिजनमा डच कपको उपाधिसमेत जितेको छ। यसरी घरेलु लिग र डच कप दुबै उपाधि जित्ने अजाक्स पहिलो डच क्लब हो।
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया