१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

२५६३ औं बुद्धजयन्ती कपिलवस्तुमा मनाइदै


१ जेष्ठ २०७६ बुधबार ००:००  

0
Shares

संगिता भुसाल, तौलिहवा ।
कपिलवस्तुमा २५६३ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुद्धारा तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा कपिलवस्तुमा विविध कार्यक्रम गरी बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने तयारी भईरहेको बताइएको छ । पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य अमिरका कोहारले प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहकार्यमा २५६३ औं बुद्ध जयन्ती मनाउदै लुम्बिनी भ्रमण वर्षको शुभारम्भ हुने जानकारी दिनुभयो । कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्ध स्थलहरुमा बुद्धजयन्ती मनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
बुद्धजयन्तीका अवसरमा कपिलवस्तुका बुद्ध स्थलहरुमा सरसफाई कार्यक्रम, बक्तृत्वकला तथा दौड प्रतियोगिता, ज्येष्ठ नागरिकलाई फलफुल वितरण, दिप प्रज्वलन लगाएतका कार्यक्रम संचालन गरिने कार्यकारी सदस्य कोहारले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । लुम्बिनी भ्रमण वर्षको उद्घाटन बुद्ध पूर्णिमाको दिन जेठ ४ गते गरिने भएको छ । भ्रमण वर्षको अवसरमा जेठ १८ गते प्रदेश सरकारले बुद्ध दर्शन र शान्ति विषयमा खुला निवन्ध प्रतियोगिता संचालन गरिने बुद्धजयन्ती मुल समारोह समिति कपिलवस्तुका सदस्य पशुपतीमणी त्रिपाठीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष सरोज अर्यालले कपिलवस्तुमा रहेका बुद्ध स्थलहरुको संरक्षण र प्रचार प्रसारमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
शाखा उपाध्यक्ष सरोज अर्यालको अध्यक्षता तथा सचिव हरि अधिकारीको संचालनमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रम कोषका कार्यकारी सदस्य अमिरका कोहारको प्रमुख आतिथ्यता, महासंघ प्रदेश समिति सदस्य मनोज श्रीवास्तव, मधेशी पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष बनारसी बर्मा लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६ बुधबार ००:००  ८ : ३४ बजे