१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सामुदायिक अस्पतालमा ७० जनाद्धारा रक्तदान, सुवेदीले गरे ४३ औं पटक !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको चारनम्बर स्थित सामुदायिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । स्थानीय ३५ संघसंस्थाको सहकार्यमा आयोजना गरिएको संयुक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका हुन् । रक्तदान महादान, रक्तदान जीवन दान भन्ने मुल सन्देश सहित वाणगंगा नगरक्षेत्र भित्र रहेका सामाजिक संघसंस्थाको अगुवाईमा आयोजना गरिएको रक्तदान कार्यक्रम महिला, पुरुष युवायुवती गरी ७० जनाले रक्तदान गरेको संयुक्त रक्तदान कार्यक्रमका संयोजक राजेन्द्र विक्रम शाहले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग तथा संयुक्त रक्तदान कार्यक्रमको आयोजनामा संचालित रक्तदान कार्यक्रममा युवा संघ नेपाल, नेपाल तरुण दल, नेपाल निर्माण सम्बद्ध श्रमिक संघ, विभिन्न सहकारी, संघसंस्था, युवा क्लवका प्रतिनिधी, पत्रकार लगाएतले रक्तदान गरेका थिए ।


रक्तदान कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले वाणगंगा नगरपालिका अन्य पालिका भन्दा सामाजिक सूचकमा अघि रहेको बताउनुभयो । उहाँले सामाजिक संघसंस्थाको ऐक्यवद्धता र सहकार्यले नगरको विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमममा नेपाल रेडक्रस सोसाइटी उपशाखा वाणगंगा र गजेहडाका अध्यक्ष शंकर पाण्डेले रगतको अभावमा कसैले पनि अकालमै जीवन गुमाउन नपरोस् भन्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएकाले आगामी दिनमा यी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा यसक्षेत्रबाट सवैभन्दा बढि ४३ औं पटक रक्तदान गरेर मानवीय सेवामा सकृय युवा श्याम सुवेदीलाई सम्मान गरिएको थियो ।

रक्तदान कार्यक्रममा सहयोग पु¥याउने स्थानीय ३५ वटा संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको प्रचार प्रसार समितिका संयोजक राज कुमार खाँणले जानकारी दिनुभयो । कार्यक्रम संयुक्त रक्तदान कार्यक्रम समारोहका संयोजक राजेन्द्र विक्रम शाहको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी उपशाखा वाणगंगा र गजेहडाका अध्यक्ष शंकर पाण्डेको स्वागत तथा हर्ट विटका अध्यक्ष कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६ बुधबार ००:००  २ : ३५ बजे