दाङ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकबारे बारे सरकार र सञ्चार माध्यम बिचको समन्वयमा टुंगोमा पुग्नुपर्ने बताउनुभएको छ ।
दाङमा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभयो । उहाले मिडियामा भाइरस पसेका कारण त्यसको उपचारको लागि मिडिया काउन्सिल विधेयक ल्याइएको दाबी गर्नुभयो ।
मिडियालाई सक्षम बलियोे भूमिका राज्यको भएको भन्दै मिडियामा भाइरस पसेको कारण मिडियालाई नै असर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडियामा भाइरस पस्यो भने त्यसको उपचार खोज्ने कि नखोज्ने, त्यो भाइरसले मिडियालाई पनि असर गर्छ ।’
उहाले राज्य मिडियासँग टक्कर गरेर अघि नबढ्ने बताउनुभयो । स्वतन्त्र मिडिया बिना लोकन्त्र बलियो हुन नसक्ने उहाको भनाई थियो ।
१ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया