१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अमेरिकाले भन्यो, हामी इरानसँग युद्ध चाहँदैनौँ



एजेन्सी ।
अमेरिका र इरानबीच बढिरहेको तनावका विषयलाई लिएर अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका छन् ।
रुस भ्रमणमा रहेका विदेश मन्त्री पोम्पियोले इरानले अमेरिकालाई सामान्य देशको जस्तै व्यवहार गरोस् भन्ने चाहेको बताए । तर उनले अमेरिकी हितमाथि हमला भए त्यसको जवाफ दिने पनि बताएका छन् ।
यसैबीच इरानका सर्वाेच्च नेता आयातुल्लाह खामनेइले पनि अमेरिकासँग कुनै युद्ध नहुने बताएका छन् । गएको हप्ता मात्रै अमेरिकाले मध्य पूर्वमा विमानवाहक युद्धपोत तैनाथ गरेको थियो ।
संयुक्त अरब इमिरेट्ससे आफ्नो क्षेत्रमा चार वटा जहाजमाथि आक्रमणको प्रयास गरेको इरानमाथि आरोप लगाएपछि स्थिति तनावपूर्ण भएको थियो । रिपोर्टका अनुसार, अमेरिकी जाँचकर्ताहरुले यो घटनामा इरान र सहयोगी समूहको संलग्नता रहेको बताएका थिए ।
यद्दपि त्यो घटनामा इरानी भूमिकाको कुनै ठोस प्रमाण आइसकेको छैन । इरानले भने यो घटनाको पूर्णरुपमा जाँच हुनुपर्ने बताएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६ बुधबार ००:००  १ : ३६ बजे