दाङ ।
गर्मी बढेसँगै दाङका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । यहाँका अस्पतालहरुमा भाइरल ज्वरो, रुघा, खोकी, टाइफाइड, दम, जंडिस, झाडापखाला लगाएतका रोगका बिरामीहरुको संख्या बढेको छ । राप्ती प्रादेशिक अस्पताल तलसीपुरका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. सर्वेश शर्माले गर्मी बढेसंगै दैनिक चारसय भन्दा बढी बिरामीहरु उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए ।
गर्मी मौसमसँगै बिरामीको चाप बढेपनि अस्पतालमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भएको निमित्त प्रमुख डा. शर्माले जानकारी दिए । १६ जना विशेषज्ञ डाक्टर र ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल जम्मा ८र९ जना डाक्टर मात्रै कार्यरत रहेको निमित्त सुपेरिन्टेन्डेन्ट डा.शर्माले बताए ।
दरवन्दी अनुसारको सबै विषयका विशेषज्ञ डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या भएको हुँदा यसमा राज्यले ध्यान दिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया