दाङ ।
तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फछ्र्यौट गरेको छ । उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका १८४ गरी जम्मा ६८७ थान मुद्दामध्ये ४३५ थान मुद्दा फछ्र्र्योट भई हाल २५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जिम्मेवारी सरेर आएका ३७३ र नयाँ दर्ता भएका ३३४ गरी ७०७ थान मुद्दामध्ये ४२८ थान अर्थात ६०.५३ प्रतिशत मुद्दा फछर्योट भएको थियो ।
गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा २.७८ प्रतिशतले बढी मुद्दा फछ्र्योट भएको छ । छिटोछरितो न्याय सम्पादनका लागि अदालतले नागरिक सहायता कक्ष, निःशुल्क रुपमा निवेदन लेखिदिने व्यवस्था गर्नाका साथै अदालतको सेवालाई प्रविधिमैत्री बनाइ समयमै प्रभावकारी रुपमा मुद्दा छिन्न सफल भएको उक्त अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो ।
१ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया