१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लुम्बिनी विकास कोष पर्खालभित्र मात्र सिमित रहेको लुम्बिनीमा चर्चा !



बुटवल ।
लुम्बिनीलाई वृहत लुम्बिनीको रुपमा विकास गर्न लुम्बिनीसंग जोडिएका जिल्लाहरुको विकाससंग जोड्नुपर्ने लुम्बिनीमा आयोजित कार्यक्रममा औंल्याईएको छ ।
लुम्बिनी विकास कोष पर्खालभित्र मात्र सिमित रहंदा लुम्बिनीप्रति स्थानीयको अपनत्व नहरहेको र त्यसको प्रभाव लुम्बिनीको विकासमा समेत पर्न गएको भनि लुम्बिनी विकासकोषको समन्वयमा आसपासका जिल्ला र स्थानीय तहहरुसंग पनि जोड्न आग्रह गरिएको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी विकाष कोषद्धारा लुम्बिनीमा आयोजित लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले स्थानीय तहको सहभागिताबाट मात्र लुम्विनीको दीगो बिकास हुने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विभिन्न कारणले लुम्बिनीको जति महत्व छ त्यति स्थापित गर्न नसकेको बताउनुभयो ।
उहाले लुम्बिनीको जति महत्व त्यो महत्वलाई उजागार गर्दै विकास गर्ने ईच्छाशक्तिमा भने कमि रहेको बताउनु भयो । उहाले लुम्बिनीको विकासमा अहिलेसम्म भईरहेको प्रगतीले नपुग्ने भन्दै लुम्बिनीसंग सम्बन्धित स्थलहरुको विकासमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
मन्त्री गिरीले लुम्बिनीसंग जोडिएका सबै क्षेत्रहरुको गुणात्मक विकास गर्ने र विश्वभरका पर्यटकलाई लुम्बिनीमा ल्याउने प्रमुख लक्ष्यका साथ योजना अगाडी सारेको बताउनु भयो ।
यस्तै बाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले बुद्धसंग महत्वपूर्ण ऐतिहासिक स्थल कपिलवस्तुमा धेरै भएकाले कपिलवस्तुलाई सरकारले कोषले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । उहाले कपिलवस्तुका स्थानीय तहहरुले बुद्धस्थलको संरक्षण संवद्र्धनका लागि बजेट छुट्याएपनि संघीय सरकारको मातहतमा कोष रहदा काम गर्न समस्या परेको बताउदै जिल्ला र स्थानीय तहमा पनि कोषका कार्यालय रहनु पर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अवधारणापत्र प्रस्तुत गर्दै अग्रज पत्रकार डिआर घिमिरेले लुम्बिनी कपिलवस्तु, नवलपरासी र रुपन्देहीका सबै स्थानीय तहको साझा सम्पत्ति हो भन्ने बुझाउन लुम्बिनी विकास कोषले समन्वय बढाउन जरुरी रहेको बताउनु भयो ।
उहा ले लुम्बिनसंग जोडिएका जिल्लाका स्थानीय तहहरुले लुम्बिनीको विकास संग जोडेर पर्यटन प्रवद्र्धनका विभिन्न योजना बनाएपनि समन्वयको अभावमा प्रभावकारी बन्न नसकेको बताउनु भयो । उहाले स्थानीय तहहरुले लुम्बिनीबाट आर्थिक लाभ लिन र बुद्ध दर्शनको प्रचारप्रसारको लागि अन्तरपालिका टुर प्याकेज बनाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ९ : २७ बजे