१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बन कार्यालयद्धारा गोरुसिंगेका घर टहरा हटाउन ५ दिने अल्टिमेटम जारी


३१ बैशाख २०७६ मंगलबार ००:००  

0
Shares

मायादेवी अनलाइन, गोरुसिंगे ।
डिभिजन बन कार्यालय कपिलवस्तुले गोरुसिंगेमा अतिक्रमण गरी बनाईका घर टहरा हटाउने भएको छ । बुद्धभूमि नगरपालिका २ त्रिशुली सामुदायिक बन क्षेत्रको खण्डमा पर्ने अनाधिकृत रुपमा अतिक्रमण गरी व्यवसाय संचालन गर्न बनाइएका घर टहराहरु हटाउने बारे सोमबार ५ दिने सूचना जारी गरेको हो ।
डिभिजन बन कार्यालय कपिलवस्तुले वैशाख ३० गते अतिक्रमित क्षेत्रमा सूचना जारी गर्दै तत्काल घर टहरा हटाई बन क्षेत्र खाली गर्न सूचना टाँस गरेको छ । ५ दिन भित्र घर टहरा नहटाएमा डिभिजन बन कार्यालयको अगुवाईमा स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक बन उपभोक्ता समूहको सहभागीतामा बल प्रयोग गरी हटाइने बताइएकोे छ ।
बुद्धभूमि २ गोरुसिंगेमा रहेको पूर्व जिल्ला ट्राफिक प्रहरी कार्यालय, पश्चिम इलाका प्रहरी कार्यालय, उत्तर पूर्व पश्चिम लोकमार्ग र दक्षिण विद्युत हाइटेनसन लाईन भित्रको त्रिशुली सामुदायिक बन क्षेत्रमा रहेका घर टहराहरु हटाउने बताएको छ । उक्त ठाउँमा १४ वटा घर टहरा निर्माण गरी होटल व्यवसाय संचालन हुदै आएका छन् ।
पटक पटक सामुदायिक बनले सूचना जारी गर्दै हटाउन निर्देशन दिएपनि नटेरेपछि डिभिजन बन कार्यालयलाई अनुरोध गरेपछि बन ऐन अनुसार कार्वाही प्रकृया अघि बढाइने डिभिजन बन अधिकृत ईश्वरी प्रसाद पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ४ : २५ बजे