बीबीसी ।
वैज्ञानिकहरुका अनुसार भविष्यका लागि अहिलेसम्म १ लाख थरीका धान संरक्षण गरि राखिएको छ । यस्तोमा विश्वको सबैभन्दा ठूलो प्राविधिक धान उत्पादक फिलिपिन्सले किसानहरुलाई खडेरी र बाढी लगायतका प्रकोपमा समेत उत्पादन गर्न मिल्ने विशेष थरी धानका नमु्ना बीउहरु प्रदान गरिरहेको छ ।
‘इन्टरनेस्नल राइस रिसर्च इन्सटिटीउट, (आइआरआरआइ) ‘जीन बैंक’ अर्थात् प्राविधिक उत्पादन स्थलले क्रप ट्रस्ट नामक अन्तराष्ट्रिय संगठनको स्थायी सहयोगमा बढ्दो जलवायु परिवर्तनका बीच धानका बिउहरु संकलन गरी त्यसको विकास र सुरक्षामा विशेष ध्यान दिँदै आएको छ । क्रप ट्रस्टकै कार्यकारी अधिकृत मेरि हागाले पनि भर्खरै विकास गरिएका नयाँ बिउहरु चमत्कारी भएकाले आफूलाई यसले जुनसुकै ग्राहक पनि सन्तुष्ट हुनेमा विश्वास रहेको बताएकी छन् । उनले भनिन्, ‘ जोकोहीले पनि आफूले भनेजस्तो चामल उत्पादन र उपभोग गर्न सक्नेछ ।’ धान संकलन गरि राख्न तुलनात्मक रुपमा धेरै सहज हुने हुँदा कम तामक्रममा यसलाई सय वर्षसम्म पनि सुरक्षित राख्न सकिनेछ । यस्तोमा जीन बैंकले विकास गरेका नयाँ धानका बीउहरु कुनैपनि किरा वा रोग तथा बाढी र खडेरीमा समेत उपयोग गर्न सकिने बताइएको हो ।
विश्वव्यापी रुपमा २० प्रतिशत मानिसले चामल खाने गर्दछन् । यसमा भारत, चीन, इन्डोनेसिया, बांग्लादेश, भेतनाम, जापान जस्ता एसियाली मुलुकले मात्र ९० प्रतिशत धान फलाउने गर्दछन् भने चामलकोे ८० प्रतिशत उपभोग पनि यिनै देशमा हुने गर्दछ । यसरी सन् २०५० सम्ममा ४२ – ५२ करोड टन धान वार्षिक उपभोग हुने अनुमान गरिएको छ । त्यसैले पनि फिलिपिन्सस्थित लस बनोसमा आइआरआरआइले गरेको परीक्षणपछि चामललाई बाढीले ग्रस्त क्षेत्रमा समेत सुरक्षित राख्न मिल्ने बताइएको हुँदा धेरै किसानहरुका लागि यो खुसीको खबर बनेको हो । ‘स्कुबा’ नामक सो धान अफ्रिका जस्तो सुख्खा ठाउँमा समेत उत्पादन गर्न मिल्ने वैज्ञानिकहरुको भनाइ छ । यसबाट विश्वलाई धेरै ठूलो खाद्य सहयोग पाउने अपेक्षा गरिएको छ । यसका साथै सो धानलाई सबै ठाउँका उपभोक्ताहरुको स्वादसँग अनुकूल गराउन पनि मिल्ने दाबी गरिएको छ ।
३१ बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया