११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

५ बर्षीया बालिका बलात्कार गर्नेलाई १६ बर्ष कैद फैसला



दाङ । 

बलात्कार कसुरमा एक जनालाई अदालतले १६ बर्षको कैद फैसला सुनाएको छ । एकजना पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतले १६ बर्षको कैद फैसला सुनाएको हो ।

घोराही उपमहानगरपालिका वडा नं २ निवासी १८ वर्षीय मुकेश विकलाई बलात्कारमा कसुरदार ठहर गर्दै १६ वर्ष कैदको फैसला अदालतले गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रवार कसुर ठहर गर्दै विकलाई १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ती उपलव्ध गराउने फैसला गरेको थियो ।

कसुरदारको जायजेथा केही नभएकाले पीडितलाई स्थानीय तहबाट क्षतिपूर्ती उपलव्ध गराउने फैसला गरिएको छ। विकले पाँच बर्षीय वालिकालाई गत माघ महिनामा बलात्कार गरेको प्रहरी समक्ष उजुरी परेको थियो । त्यही मुद्दा उपर फैसला सुनाउँदै अदालतले विकलाई १६ बर्ष कैदको फैसला सुनाएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ८ : ३५ बजे