मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा २०७६ साल लागे देखि सवारीसाधनको आतङ्क बढेको छ । दिनुँह जसो सवारी साधनको दुर्घटनाले मानिसको ज्यान जाने देखि अंगभंग हुने सम्मका समाचार सुन्न पाइन्छ । गराएती पनि तौलिहवा–जीतपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गयो । घटना कसरी भएको हो अहिले सम्म पत्ता लाग्न सकेको छैन् । घटनाको प्रकृती हेर्दा सवारी साधनको ठक्करबाट युवाको ज्यान गएको देखिन्छ । कतिपयले टिप्परको ठक्करबाट मृत्यु भएको आंकलन गरेका छन् ।
दुर्घटनामा कपिलवस्तु नगरपालिका–६ रामापुरका ३२ वर्षीय शेषराम यादव र मायादेवी गाउँपालिका–७ रतनपुरका ४० वर्षीय सर्व्जित यादव रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन अझै पत्ता लाग्न सकेको छैन् । रातभर प्रहरीले सवारी पत्ता लगाउने प्रयास गरे पनि विफल भयो । सोमबार विहानै देखि सवारी साधनको पहिचान गर्न कपिलवस्तु प्रहरी जुटेको छ ।
यता मृतकको आफन्त र स्थानीयबासीले सदरमुकाम तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका छन् । ठक्कर दिने सवारीसाधनलाई छिट्टै नियन्त्रणमा लिन माग गर्दै आफन्तले प्रशासन कार्यालय अगाडी घेराउ गरेका हुन ।
उता आज भन्दा पाँच दिन पहिला कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । विहीबार दिउँसो कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु १ ख ६१६८ नं.को टिप्परले लु २८ प ६१५४ नं. को मोटरसाइकललाई ठक्कर दिएको हो । मृतक कपिलवस्तु नगरपालिका वडा नं. ७ धरमपानीका लजी धोबि रहेका छन् ।
यता आक्रोसित भिडले टिप्पर चालकलाई गाडीबाटै थुतेर कुटपिट गरेका छन् । स्थानीयको कुटपिटले चालक घाइते भएको बताइएको छ । दुर्घटनाग्रस्त क्षेत्र केही घण्टा तनावग्रस्त भएको थियो । अहिले घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा १ सय २० बटा सवारी दुर्घटना हुँदा ९१ जनाको मृत्यु भएको टा्फिक प्रहरीले जनाएको छ । अधिकाँश दुर्घटना भने सवारी चालकको लापर्रवाही, मादक पदार्थ सेवन तथा सडक ओभरटेक गर्दा भएको छ ।
प्रतिक्रिया