गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या भएपछि बोरिङबाट व्यवस्था गरिने भएको छ । सुख्खा समय सुरु भएसंगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पिउने पानीको ब्यवस्था गर्न लागिएको हो ।
जमिनमुनिबाट पानी निकाल्ने यो प्रविधि तम्घासबासीको निम्ति नयाँ र नौलो प्रविधि हो । पहाडी जिल्लाहरुमा यो प्रविधि नयाँ हो । तर तराईमा भने यो प्रविधि प्रयोग भइसकेको छ ।
रेसुङ्गा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाली पिउने पानीको ब्यबस्था गर्न लागिएको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताए ।
तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गर्न लागिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।
हाल वडा नं ९ मा रहेका ५सय २१ घरधुरीहरुलाई पानीको व्यवस्था गर्न लागिएको र पछि अरु वडाहरुका लागि पनि व्यवस्था गर्न लागिएको छ । जमिनमुनि ४८ मिटर गहिराइबाट पानी निकालिएको हो । जमिन मुनिबाट पानी निकालेपछि स्थानीय हर्षित छन् ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया