मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलबस्तुमा चालु आर्थिक वर्षको १० महिनामा १ सय २० बटा सवारी दुर्घटना हुँदा ९१ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । अधिकांश दुर्घटना भने सवारी चालकको लापर्रवाही, मादक पदार्थ सेवन तथा सडक ओभरटेक गर्दा भएको छ ।
ट्राफिक प्रहरीको तथ्याँक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १ सय २० बटा सवारी दुर्घटना हुँदा कपिलवस्तुमा ९१ जनाको मृत्यु भएको छ भने १ सय ६० जना घाइते भएको ट्राफिक प्रहरी हवल्दार मधु श्रेष्ठले बताए । अधिकांश दुर्घटना चालकको लार्परवाही, मादक पर्दाथ सेवन र .साँघुरो सडकमा चालकले सावधानी नअपनाई, जतापायो उतै ओभरटेक गर्नाले भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
सडक दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले कपिलवस्तु टफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा बेलाबखत जनचेतना मुलक कार्य समेत गरेको छ । पछिल्लो समय दुर्घटना बढेसँगै न्युनिकरण गर्न ट्राफिक प्रहरीले विगत ३ महिनादेखी कपिलवस्तुको राजमार्ग क्षेत्रमा गुड्ने सवारी साधन र ट्रिपरमा टाइमकार्ड समेत लागु गरेको जनाएको छ ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया