मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा संचालित तीन दिने खोज पत्रकारिता तालिम आइतबार सकिएको छ । वैशाख २७ गतेबाट संचालित तालिमको समापन गरिएको हो । तालिमको समापनमा बोल्दै प्रमुख अथिती वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले वाणगंगा पत्रकाररिताको लागि उर्वरभूमी भएको बताउनुभयो ।
अर्यालले आफू र आफ्नो नगर मिडियामैत्री भएको भन्दै नगरमा हुने हरेक गतिविधिको पत्रकारले सहि तरिकाले निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय वागंगामा विकासको क्रमले तिव्रता पाएको भन्दै यहाँका विकास निर्माणका कुरा देखि समाजलाई सुसुचित पार्ने हरेक विषयहरुलाई पत्रकारले जनसमक्ष ल्याउनुपर्ने बताउनुभयो ।
उपमेयर अर्यालले पत्रकार पूर्वाग्राही हुन नहुने भन्दै पत्रकारलाई शुद्ध आलोचना गर्न आग्रह गर्नुभयो । नगरपालिकाले पत्रकारको क्षमता वृद्धीका लागि आगामी दिनमा पनि यस्ता तालिमको आयोजना गर्ने बताउनुभयो ।
तालिम समापन समारोहमा बोल्दै बीबीसी नेपाली सेवामा रिर्पोटिङ गर्दै आउनु भएका अग्रज पत्रकार माधव नेपालले सन्तुष्टि नमिल्ने पेशा नगर्न आग्रह गर्नुभयो । उहाले पछिल्लो समय मिडियाको संख्या बढेपनि गुणस्तरियता भने कसैको चासो नगएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव मोहन बेल्वासेले बोल्दै तालिम सिकिसकेपछि अब त्यसलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ जिल्ला अध्यक्ष डिलाराम भुषालले तालिम पछि अब नगरका पत्रकार खोज पत्रकारितामा केन्द्रित हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाले तालिम लिइ सकेपछि त्यसलाई ब्यवहारमा उतारेमात्र तालिमले सार्थकता पाउने भन्दै खोज पत्रकारिता गर्ने जिल्लाका पत्रकारलाई महासंघले मूल्याङकन गर्ने बताउनुभयो । कार्यक्रम पत्रकार महासंघका जिल्ला सचिव हरि अधिकारीको सञ्चालनमा भएको थियो ।
तालिममा सहभागिको तर्फबाट बोल्दै पत्रकार बाबुराम रायमाझी र पार्वती आचार्यले ३ दिनको तालिम निकै महत्वपूर्ण भएको बतताउनुभयो ।
तालिममा सहभागिलाई उपमेयर अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष भुषाल, तालिम तेस्रो दिनका प्रशिक्षक नेपालले प्रमाण पत्र वितरण गर्नुभएको थियो । पत्रकारको क्षमता अभिबृद्धीका लागि संचालित तालिममा वाणगंगा नगरपालिका अन्तरगत समाचार शाखामा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । तालिम वाणगंगा नगरपालिकाको आर्थिक सहयोग र पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा सञ्चालन गरिएको हो ।
प्रतिक्रिया