मायादेवी अनलाइन, वाणगंगा ।
सानीमा लाईफ ईन्सुरेन्सको ४२ औ शाखा कपिलवस्तमाु विस्तार गरिएको छ । वाणगंगा ४ जितपुर तौलिहवा रोडमा विमाको शाखा कार्यालयको आइतबार औपचारिक रुपमा उद्घाटन भएसंगै जितपुरमा ४२ औँ शाखा विस्तार भएको हो ।
वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले रिविन काटी शाखा कार्यालयको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै प्रमुख थारुले विकासको तीव्र गतिमा रहेको बाणगंगा नगरपालिकामा सानिको शाखा विस्तार भएकोमा खुसी व्यक्त गर्दै आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले मुलुकको कुल जनसंख्याको १७ प्रतिशत मानिस मात्र विमाको पहुँच पुगेको भन्दै अब सबै नागरिकमा विमाको पहुँच पुर्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
मेयर थारुले विमामा गरिएको लगानी खेर नजाने गरी विमा कम्पनीलाई विश्वसनीय सेवा दिन सुझाउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले विश्वसनयि सेवा विस्तार गरी जनचेतना अभिवृद्धि गर्न सके धेरै जनता विमाको पहुँचमा पुग्ने बताउनु भयो । बिभिन्न विमा कम्पनीको गलत क्रियाकलापले गर्दा विमाजस्तो पवित्र कार्यप्रति जनताहरुको विश्वास नरहेका कारण सानिमाले उपयुक्त योजनासहित जनताले मन जित्न सक्ने बताउनु भयो ।
कर्यक्रमका अध्यक्ष सानिमा लाइफका महाप्रबन्धक (जनरल म्यानेजर) शिवराम तिमिल्सीनाले सानिमा लाइफ इन्स्यूरेन्समा कुल पुँजी ३ सय करोड रहेका कारण ढुक्क भएर विमा गर्न आग्रह गर्नुभयो । यससंगै गैर आवासिय नेपालीहरुको कम्पनीमा लगानी रहेको र आफूहरुका योजना अरु कम्पनीका भन्दा भिन्न रहेकाले पछिल्लो समय यसमा जनताको आकर्षण बढेको तिमिल्सिनाको भनाई छ ।
उहाँले अब प्राणघातक रोगहरु जसको उपचार गर्न रकम नभएर धेरै मानिसहरुके ज्यान गएको छ तिनीहरुलाई लक्षित गरेर केही नयाँ योजना ल्याउन आफूहरु लागि परेको पनि उहाँले कार्यक्रममा जानकारी गराउनु भयो । कार्यक्रममा ईन्सुरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाइलले छोटो समयमा जनताको भरोसा आफूहरुमा रहेको बताउँदै अबको केही बर्षमा लिडिङ कम्पनीको रुपमा आफूहरु स्थापित हुने बताउनु भयो ।
शखा प्रमुख गणेश कार्कीले छोटो समयमा पनि यस क्षेत्रमा आफूहरुले जनताको विश्वास पाएको भन्दै सबैलाई कार्यालयमा आएर योजनाबारे जानकारी लिन आग्रह गर्नुभएको छ ।
रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालन, प्रदेश प्रमुख जय देव गौतमको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जनता बैकं पिपराका प्रमुख पिताम्वर पोख्रेल, वेस्र्टन डेभलपमेण्ट बैकंका प्रमुख विमल जिसी, नेपाल लाईफ इन्सुरेन्सका म्यानेजर अर्जुन भुसाल, संञ्चारकर्मी भवानी प्रसाद पाण्डे, लगायतले बोल्दै सानिमाको सफलताको कामना गर्नुभयो । यस्तै आईतबार उद्घाटनको क्रममा शाखा कार्यालयको स्थापनापछि ५० लाखको बिमा गरेका ३ जना र अन्य बिमितहरुलाई पलिसी हस्तान्तरण गर्दै खादाद्धारा सम्मान गरिएको थियो ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया