१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

चेन्नईलाई एक रनले हराउदै आईपीएलको उपाधि मुम्बईले जित्यो



एजेन्सी ।
१२ औँ संस्करणको इन्डिन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इन्डियन्सले उचालेको छ । आइतबार भएको फाइनल खेलमा चेन्नई सुपर किङसलाई १ रनले हराउँदै मुम्बईले उपाधि उचालेको हो ।


रजस्थानको राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन पुरा र्गयो ।
मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछउने क्रममा चेन्नईले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४८ रन पुरा र्गयो । चेन्नईका लागि सेन वाट्सनले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ८ चौका र ४ छक्काको सहयोगमा ८० रन बनाउन सफल भएका हुन् ।
त्यस्तै उनिसँगै ओपनरमा आएका फाफ डु पेल्सीसले २६ रन जोड्न सफल भए । चेन्नईका लागि ब्राभोले १५ रन जोडे । बलिङतर्फ मुम्बईका लागि जसप्रित बुम्राले दुई विकेट लिए । त्यस्तै कुनाल पाण्ड, लासित मालिङ्गा र राहुल चहरले समान एक एक विकेट लिए ।यसअघि मुम्बईलाई उपाधि दिलाउनका लागि पोलार्डले सर्वा्धिक ४१ रनको योगदान गरे । कुइटोन डी कोस्टले २८ रन जोड्दा इसन किशनले २३ तथा कप्तान रोहित शर्मा र सुर्य कुमार यादवले समान १५–१५ रन जोड्न सफल भए ।
बलिङतर्फ चेन्नईका लागि दीपक चहारले तीन विकेट लिए । त्यस्तै शर्दुल ठाकुर र इमरान थहिरले समान दुई(दुई विकेट लिए ।

उपाधि जित्‍न चेन्‍नईलाई १ सय ५० रनको लक्ष्य  

प्रकाशित मिति : ३० बैशाख २०७६ सोमबार ००:००  १२ : १४ बजे