एजेन्सी ।
लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलको अन्तिम खेलमा जित निकाल्दै सिजनको अन्त्य गरेको छ । आइतबार भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन खेलको १७ औँ मिनेटमा साडियो मानेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
मानेलेनै खेलको ८१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
लिगमा लिभरपुल सिटीसँग १ अंकले पछि पर्यो । उपाधि जितेको सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो । लिभरपुलले ९७ अंक जोड्यो ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया