१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सिटीले उचाल्यो प्रिमियर लिगको उपाधि



एजेन्सी ।
म्यान्चेस्टर सिटीले प्रिमियर लिगको उपाधि उचालेको छ । आइतबार भएको खेलमा ब्राइजटनलाई ४–१ गोल अन्तरले हराउदै सिटीले उपाधि उचालेको हो ।
साविक विजेता सिटीले लिगको अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भयो । घरेलु मैदानमा भएको खेलमा ब्राइजटनले सुरुवाती अग्रता लिएको थियो ।
खेलको २७ औँ मिनेटमा गलेन मुरेको गोलबाट अग्रता लिएको ब्राइजटनको अग्रता भने लामो समय टिकेन । त्यसको एक मिनेट पछि सर्जियो अग्युरोले खेल बराबरीमा ल्याए ।
खेलको ३८ औँ मिनेटमा एमरिक लापोर्टीले गोल गर्दै टिमलाई २–१ अग्रता दिलाए । ६३ औ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीको अग्रता ३–१ मा पुगाए ।
त्यस्तै खेलको ७२ औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई लिग जिताए । उपाधि होडमा सिटीसँग रहेको लिभरपुल भने दोस्रो भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६ आइतबार ००:००  ११ : ५९ बजे